रुसी सेना द्धारा युद्ध बिराम घोषणा भए पनि गोलाबारी निरन्तर जारी

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन २२ गते। 

मानवीय सहायताका लागि भन्दै रुसी सेनाले युक्रेनी सहर मारिओपोलमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो ।

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् ।

रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको बीबीसीले बताएका छन् ।

‘आवासीय ब्लकहरूमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरू खसाली रहेका छन् ’ बीबीसीले बताएका  छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *