मिथिला मध्यमा परिक्रमा आज मटिहानी पुग्ने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २२ गते। 

मिथिला मध्यमा परिक्रमा आज मटिहानी पुग्ने भएको छ ।

विहीबारदेखि सुरु भएको मिथिला मध्यमा परिक्रमा शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरुले संकल्प लिइ शनिबार गिरिजा स्थान पुगेका थिए ।

यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको छ ।

परिक्रमामा सहभागी क्रमशः फूलहर (गिरिजास्थान) हँुदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्केर अन्तगृह परिक्रमा गरेपछि समापन हुने गरेको छ ।

यता परिक्रमा अन्तर्गत चौँथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएपछि परिक्रमा यात्रीको स्वागतमा आईतबार सार्वजनिक विदा दिइएको छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आईतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरभर सार्वजनिक विदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *