धनुषा जिल्लामा २१ सदस्यीय राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठन विस्तार

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २१ गते।

राष्ट्रिय प्रजातन्त्र पार्टी संगठन बिस्तार अभियान अन्तरगत आज धनुषा जिल्लामा २१ सद्स्य राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठन गठन गरेको छ ।  जिल्ला समन्वय समितिको सभाहलमा उक्त राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठन गठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला सभापति रामचन्द्र यादव अध्यक्षतामा,विषिष्ट अतिथि केन्द्रीय सदस्य मनोज मल्ल ठकुरीको उपस्थितिमा उपाध्यक्ष मो.दाउद, क्षेत्रीय प्रतिनिधि असर्फि झा, नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह, नगर सचिव नविन झा लगायत पार्टीका कार्यकर्ताहरुको उपस्थितीमा मुन्नु झाको नेतृत्वमा २१ सद्स्य राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठन गठन गरियो।

राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठन गठित कमिटीको अध्यक्षमा मुन्नु झा, उपाध्यक्षमा सुष्मा कुमारी , सचिब, कोषाध्यक्ष र सह–सचिव, सदस्यहरु रहेका छन् । जनकपुरधामको वडा न १२ र १३ को वडा समिति समेत गठन गरिएको छ। धनुषा जिल्लाको विभिन्न स्थानबाट सयौको संख्यामा सक्रिय युवाहरु आज पार्टी प्रवेश गरेको छ।

नवप्रवेशीहरूलाई पार्टी केन्द्रीय सदस्य मनोज मल्ल ठकुरी,  जिल्ला सभापति रामचन्द्र यादव, उपाध्यक्ष मो. दाउद, क्षेत्रीय प्रतिनिधि असर्फि झा, नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह, नगर सचिव नविन झा,  राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठनको अध्यक्षमा मुन्नु झाले टिका लगाई स्वागत गरेका थिए उक्त कार्यक्रममा पार्टीका सक्रिय कार्यकर्ता  लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *