सुनको मूल्य आज ३५ सय रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २६ गते।

सुनको मूल्य आज ३५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ सय तोकिएको छ । सोको मूल्य हिजो प्रतितोला १ लाख ५ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *