अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन २६ गते।
युक्रेनको एक अस्पतालमा रुसी सेनाले बम प्रहार गरेको छ ।
युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् ।
बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा बढी क्षति पुर्याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्रहार गरेर मानवता विरुद्धको अपराध गरेको बताएका छन् ।