कुन कसूरमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरियो ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २६  गते।

नेपाल सरकारले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ।

गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो।

                                    कस्तो अवस्थामा गभर्नर निलम्बन हुन्छ ?

 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैठकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एकजना सदस्यले बताउनुभयो।

विलासी बस्तु आयात रोक्ने लगायतका नीतिगत निर्णय गर्नुअघि सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेको भन्दै गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति बनाउने छलफल भएको थियो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको बनेको छ । अधिकारी निलम्बनमा पर्नुभएको र उहाँको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *