काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २५ गते।

काठमाडौंको खुलामञ्चमा आज बिशाल आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । देशका विभिन्न शहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो ।

स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी भएका छन् ।

शक्ति प्रदर्शन कार्यक्रममा हलो, झण्डा र पम्पलेटसहित नेता-कार्यकर्ताहरू उपस्थित भएका छन् । स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।

बिशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने “देश सामान्य अवस्थाबाट देखे जस्तो छैन । इतिहासकै सबै भन्दा कठिन ढंगबाट चलिरहेको छ”, यदि हामीले ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।”

अध्यक्ष लिङ्देनले भने यो देश तिन दल (काँग्रेस, एमाले, माओवादी)को अघोषित गठबन्धनको शिकार भएको छ, देश वेरोजगार उत्पादन गर्ने कारखाना भएको छ । उनले बैंकको पैसा कहाँ गयो भन्दै ३१ बर्षसम्म सरकार चलाउदा पनि देश बनाउन नसक्ने तीन ठुला दल असफल भैसकेको दावी गरे ।

गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। लिङ्देन अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *