अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १२ गते।
आज पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५४० पुगेको छ ।
कसैको मृत्यु भएको छैन । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ।