इम्यानुअल म्याक्रों फेरि फ्रान्सको राष्ट्रपति निर्वाचित

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख १२ गते।

इम्यानुअल म्याक्रों फेरि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोंले ५८.८ प्रतिशत मत पाए भने उनकी प्रतिष्पर्धी दक्षिणपन्थी उम्मेदवार मरिन लि पेनले ४१.२ प्रतिशत मत पाइन्।

बितेका दुई दशकमा फ्रान्सको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित हुने म्याक्रों पहिलो व्यक्ति हुन्।  ३९ वर्षको उमेरमा पहिलो पटक सन् २०१७ मा उनी फ्रान्सको राष्ट्रपति भएका थिए। अहिले उनी ४४ वर्षका भए।

फ्रान्समा म्याक्रोंको विजयसँगै संसारभरका नेताहरूले उनलाई बधाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *