अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १४ गते।
आज नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार ८९१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको हो ।
चार हजार ११९ जनाको पीसीआर विधिबाट परीक्षण गर्ने क्रममा ८ जना र १ हजार ७७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्ने क्रममा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५७५ जना निको भएका छन् ।