३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २५ गते।

३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरूमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *