अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ३० गते।
दोलखाको वैतेश्वर गाउँपालिकामा मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो ।
वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी जम्मा १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए ।
दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ।