अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,वैशाख ३० गते।
बाराको देवताल गाउँपालिकामा मतदानका क्रममा झडप भएको छ ।
दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
झडपपछि मतदान स्थगित भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।