अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,वैशाख ३० गते।
सप्तरीको डाक्नेश्वरीमा एक मतदान केन्द्रमा स्थगित भएको छ । निर्वाचन आगामी जेठ १ गते हुने भएको छ ।
एक वृद्धाले मतदानका लागि सहयोग मागेको र अन्तिममा आफूले भनेको भन्दा अन्तै भोट हालिदिएको बताएपछि मतदानस्थलभित्रै छिरेर सहायक मतदान अधिकृतमाथि कुटपिट गरिएको हो ।
निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृतले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।
उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।