अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,वैशाख ३१ गते।
वीरगञ्जमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै छ ।
सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरु आउने क्रम जारी रहेको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सयि ८२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको जानकारी दिएको हो । यो जम्मा मतदाताको ७५.२४ प्रतिशत हो ।
पर्सा जिल्लामै सबैभन्दा बढी मतदाता वीरगञ्ज महानगरपालिकामा छ । महानगरमा १ लाख २४ हजार ६ सय ४७ रहेका थिए । महानगरमा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र कायम गरिएको थियो ।