अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १३ गते।
भरतपुर महानगरपालिकाको मेयरमा नवनिर्वाचित रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।