सप्तरीको रायपुरस्थित पाँच किलोमा माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २४ गते।

सप्तरीको रायपुरस्थित पाँच किलोमा माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु भएको छ । अन्य १० यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *