जनकपुरधामबाट चोरीका तीन वटा मोटरसाईकलसहित दुई युवक पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २४ गते।

जनकपुरधामबाट चोरीका तीन वटा मोटरसाईकलसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २ बस्ने वर्ष २१ का राजकुमार साह र वडा नं. ८ बस्ने २० वर्षीय योगेश ठाकुर रहेका छन् ।

जेठ ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ बाट प्रदेश २-०२-००३ प. ४९२५ नम्बरको चोरी भएको मोटरसाईकलसहित राजकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै जेठ २५ गते जनकपुरधाम ९ स्थित बाटोको छेउमा पार्किङ गरि राखेको प्रदेश २-०२-००५ प. ३१३९ नम्बरको मोटरसाईकल चोरी गरि रहेको अवस्थामा योगेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।

योगेशलाई सोधपुछ गर्दा उनले अर्को प्रदेश २-०२-००४ प. ६८५३ नम्बरको पल्सर मोटरसाईकल पनि चोरीकै रहेको बताएपछि प्रहरीले फेला परेको छ ।

पक्राउ परेका राजकुमार र योगेशमाथि चोरी शिर्षकमा मुद्दामा म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *