अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २५ गते।
काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।
काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा स्थानीयले फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा दुईबीचमा झडप भएको हो ।
अहिले बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालित रहेका छन् । स्थानीयहरु ढुंगामुढा उत्रिएपछि प्रहरीले बाध्य भएर अश्रु ग्याँस प्रहार गर्नुपरेको छ ।