पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २६ गते।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास जारी रहेको छ । तर पनि वर्षा भइरहेका कारण पहिरो हटाउन कठिन रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *