खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड द्धारा अधिकृत स्तरको लिखित परीक्षा रद्द

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २६ गते।

लोक सेवा आयोगबाट २०७५ चैत २६ र २७ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिकको (नेपाल खाद्य संस्थान)को लागि अधिकृत स्तरको लिइएको लिखित परीक्षा रद्द गरिएको छ।

कम्पनीले विज्ञापन नम्बर २१/०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो। सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *