आज जेठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २६ गते।

आज जेठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व ।

यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् ।

आज जनकपुरधामको गङ्गा सागरमा श्रद्धालु भक्तजन हरुको विहानै देखि स्नान गर्नेको घुइचो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *