रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी

अनलाईन न्युजपाटी रुपन्देही,समाचारदाता,जेठ २७ गते।

आज बिहान रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ ।

आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *