पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २७ गते।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।

पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ ।

एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *