अबिरल वर्षाको कारण पृथ्वीराजमार्गमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २७ गते।

गए रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिएको हो ।

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार कारसहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *