आज थपिए २२ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ५४७पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २६ गते।

आज पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *