इन्धनको मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २७ गते।

इन्धनको मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।

यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो। इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ। बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो।

इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुबाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *