अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २७ गते।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागी तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको लागी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तह विच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
उनले भने ,‘मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणको कार्यहरु स्थानीय तह मातहत कै गाँउ ठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माण त्यही ठाँउमा गर्नु पर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्य विना समृद्धि र विकास सम्भव छैन।,
मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
सरकार संचालन तथा विकास निर्माण संग सम्बन्धित विषयमा आयोजित अभिमुखी करण कार्यक्रममा उनले स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई कानून प्रक्रियाहरु बारे अवगत हुन आग्रह समेत गरे ।