सप्तरीको कोसी ब्यारेजबाट एक भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार ४ गते।

सप्तरीको कोसी ब्यारेजबाट एक भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरीले रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड गरिएको यूपी७५एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले ट्रक चालक भारत कानपुरका ३० वर्षिय अबध बाबु र सहचालक २३ वर्षीय धिरज कुमारलाई पनि पक्राउ गरेको छ ।

नियन्त्रणमा लिइएको ट्रक र ५४ लाख ९६ हजारको तेलसहित चालक र सह–चालकलाई पनि आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *