अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ५ गते।
गुडिरहेको स्कुटर र मोटरसाइकलमा नारायणगढ– मुग्लिन सडकखण्डमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलास्थित नाम्सीपुल नजिक गुडिरहेको बेला माथिबाट सुख्खा पहिरो खस्दा तीन जना घाइते भएका हुन् ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । खसेको पहिरो समेत पन्छाई सडक भने अहिले दुईतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।