काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा,नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १० गते।

नेपालमा पनि विस्तारै मनसुन सक्रिय बन्दै गएको छ । काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ ।

त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *