देशका विभिन्न ठाउँको हवाई सेवा आज अति वर्षाका कारण प्रभावित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १४ गते।

देशका विभिन्न ठाउँको हवाई सेवा आज अति वर्षाका कारण प्रभावित भएको हो ।

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने खुला रहेका छन् ।

अहिले देशभर मनसुन फैलिरहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार नै विशेष बुलेटिन जारी गरी मंगलबारदेखि बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *