अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १४ गते।
वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
आज बिहाज २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
लेदो हटाएर आज बिहान ५:१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६:३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको छ ।