अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १६ गते।
भारतले आज धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ ।
महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । पत्रमा लेखिएअनुसार विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र सो कामका लागि आज बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने उल्लेख छ ।
त्यसैले जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।