बलान बिहुल गाउँपालिकामा १५ सैँया अस्पतालको शिलान्यास

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,असार १६ गते।

सप्तरीको बलानबिहुल गाउँपालिकामा वडा नम्बर २ चनहीमा १५ सैँयाको अस्पताल निर्माण हुने भएको छ। गाउँपालिकाको अध्यक्ष खेमचन्द्र  यादवले अस्पतालको शिलन्यास गरेका छन्।

बर्षो बर्ष देखि अस्पतालको पिडा खेप्दै आएका स्थानीयबासीहरुले अस्पतालको शिलन्यास भए पछि खुशी व्यक्त गरेका छन्।चन्हीको दुर्गा मन्दिर स्थित रहेको खाली जग्गामा शिलान्यास गरिएको छ्। १५ करोडको लागतमा  निर्माण हुन् लागेको अस्पताल २ बर्ष भित्रमा अस्पतालको काम समपन्न गरिने पालिका अध्यक्ष खेम चन्द्र यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *