युवाहरुको समुचित व्यवस्थापनमा प्रदेश सरकार अग्रसर : मुख्यमन्त्री राउत

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १५ गते।

मुख्यमन्त्री लालबाबु राउतले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर रहेको बताउनु भएको छ ।

मधेश सरकार , महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको प्रथम मधेश प्रदेश युवा महोत्सवको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको विकासको मुलआधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागी प्रदेश सरकार अग्रसर भएको उल्लेख गर्नु भयो ।

मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेशमै रोजगारी सृजनाको लागी पहल भै रहेको बताउनु भयो । उहाँले मधेश सरकारले प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढे पनि संघ सरकारको कृदृष्टिका कारण हाल सम्म सफल हुन नसकेको उल्लेख गर्नु भयो । उहाँले प्रहरी , प्रदेश निजामति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास समेत दिलाउनु भयो ।

सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

युवाहरु सकारात्मक कदमले मात्र मधेश वा देश को विकास सम्भव रहेको उहाँको कथन थियो ।

महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको अध्यक्षतमा भएको उक्त युवा सम्मेलनको उद्घाटन सत्रमा गृहतथा संचार मन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मंजु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *