अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २१ गते।
बेनी–मालढुंगा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
आज बिहान मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
बिहानदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।