आज थपिए ९० जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २१ गते।

आज पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *