अनलाईन न्युजपाटी,कृष्णा यादव,बिरगंज समाचारदाता, असार २३ गते।
पर्सा प्रहरीले भारतीय गाडीवाट २७० किलो गाँजा सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसन्धान प्रमुख एवम प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा विशेष सूचनाको अधारमा खटिएको टोलीले परवानीपुर सडक खण्डमा up 21an9957नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्दे उक्त ट्रकको क्यावीनमा लुकाईछोपाई राखेको अवस्थामा २७० किलो गाँजा सहित ट्रक बरामद गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।
पक्राउ पर्नेमा भारतीय बिहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नम्बर ११ का बर्ष २७ को विजेश कुमार यादव र भारतीय बिहार पुर्वी चम्पारण पलडवाको बर्ष ५० को धर्मेन्द्र यादवलाई पक्राउ गरि लागू अौषध समबन्धी कसूरमा अनुसन्धान मुद्दा चलाउने प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो।
त्यसैगरि प्रहरीले भारतीय नम्बर up70BK9555 नम्बरको ईन्डिगो कारलाई रोकी चेक गर्दा कारको डेकी र सिटमुनीमा लुकाई छुपाई राखेएको ९० केजी गाँजा सहित दुई भारतिय नागरिकलाई नियन्त्रण लिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको युपी जिल्ला मऊका बर्ष ३० को रबिकान्त भारती बर्ष भारतको बिहार जिल्ला बेतिया पश्चिमी चम्पारण तेलुवा वडा नम्बर १० का बर्ष २८को सन्तोष भारतीयलाई नियन्त्रणमा लिई लागू अौषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।