आज थपिए ९८ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २० हजार ७३३ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २४ गते।

आज पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ७३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *