आज थपिए १६८ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २१ हजार १२४ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २७ गते।

आज पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार १२४ पुगेको छ ।

त्यस्तै थप ३७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय २४ जना निको भएका छन् ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *