आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल नामिबियासँग ४० रनले पराजित

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २८ गते।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *