अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २८ गते।
आज पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।