अनलाईन न्युजपाटी ,बिरगंज ,समाचारदाता,असार २९ गते।
पर्साबाट दुई जना २० लाख रुपैयाँसहित पक्राउ परेका छन्।
वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा भारत विहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र छन्।
बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूबाट नगद फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।