काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३० गते।

काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।

बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *