आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट अन्तर्गत स्कटल्याण्डमाथि नेपालको सानदार जित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३० गते।

आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट अन्तर्गत स्कटल्याण्डमाथि नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ।

बुधबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । टिटवुड ग्लासगोमा स्टकल्यान्डले जितका लागि दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले । ६२ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै रोहितकुमार पौड्यालले ३४ रन बनाए । योसँगै रोहितको एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा भएको छ । नेपालका लागि कुशल भुर्तेलले २७ तथा दिपेन्द्र सिंह ऐरीले ३ रनको योगदान गरे ।  नेपालका लागि देव खनालले ४ रन बनाए ।

आदिल अन्सारी र सोमपाल कामीले तीन–तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । योसँगै रोहितको लिष्ट एमा हजार रन पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *