अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३२ गते।
मोटरसाइकल चोरीमा संलग्न चारजना विराटनगरबाट पक्राउ परेका छन।
पक्राउ पर्नेमा विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिन छन।
महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट नम्बर नखुलेको एउटा १ सय ५० सिसीको मोटरसाइकलसँगै, को ६ प ६८०२ र प्र १–०१०–१३ प ४५०७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको हो ।
पक्राउ परेका चार जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको छ ।