अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३२ गते।
आज पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार २०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५७ पुगेको छ ।