अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार ३२ गते।
मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ ।
लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका छन् ।
दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति नौ सेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ ।