अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३२ गते।
भारतबाट अवैध रूपमा भित्रियाइएका मेडिकल उपकरणसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले १ करोड मुल्य बराबरका ती उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
भन्सार छलेर ल्याइएका ती सामान जनकपुरधाम उपमहानगरपालिका– ९ को सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा बरामद गरिएको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक विपिनकुमार सिंह, शङ्कर सिंह र सुरज सिंह रहेका छन् । उनीहरु चोरी पैठारीमा संलग्न रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले अवैध उपकरण ढुवानीमा प्रयोग भएको भारतीय नम्बर प्लेटको बि आर ०१ पि के ६६६६ नम्बरको स्कार्पियो गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।